बागलुङ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले जनतालाई न्यायको अनुभूति दिलाउन छिटो न्याय सम्पादन आवश्यक रहेको बताएका छन् ।
उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटनमा पुगेका प्रधानन्यायाधीश शर्माले यस्तो बताएका हुन् ।
उनले उच्च अदालतहरूलाई दुई वर्ष पुराना मुद्दा शून्यमा झार्न निर्देशन समेत दिएका छन् । छिटो न्याय सम्पादनका लागि प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्न उनले भनेका छन् । ”जनताले छिटो न्याय पाएमात्रै न्याय पाएको महसुस गर्नेछन्, प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ । उच्च अदालतहरूले दुई वर्ष पुराना मुद्दा शून्यमा झार्नुपर्छ,” उनको भनाइ छ ।
सकभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने उनको भनाइ छ। देशभरमै बालविवाह, सम्बन्धविच्छेद, जबरजस्ती करणीलगायत मुद्दा बढ्नु राम्रो नभएको उनले बताए । रासस




प्रतिक्रिया