काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग्दै रत्नपार्कस्थित शान्तिवाटिकामा आमाहरूको धर्ना मध्यरातमा पनि जारी छ। गरिमालाई न्यायको माग गर्दै महिलाहरू रातभर धर्नामा बस्ने भएका छन् ।
धर्नामा ऐक्यबद्धता जनाउँदै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि शान्तिवाटिका पुगेका छन्। उनले आमाहरूको न्यायको आवाजमा साथ दिँदै आफू पनि रातभर धर्नामा बस्ने बताए ।
धमलाले छोरीहरूको सुरक्षाका लागि आमाहरू जागिसकेको भन्दै अब उनीहरूको आवाज कसैले रोक्न नसक्ने बताए।
‘छोरीहरूको रक्षाका लागि आमाहरू जागेका छन्। नारीहरू जागेपछि कसैले रोक्न सक्दैन,’ धमलाले भने, ‘महिला अगाडि बढेका आन्दोलनहरू सफल भएका छन्। गरिमाको न्यायका लागि पनि आमाहरूको यो आवाज निर्णायक बन्नुपर्छ।’




प्रतिक्रिया