बारा । बाराको कलैया उपमहानगरपालिका १ कट्टीपर्साकी दुई वर्षीया बालिका विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेकी छन् ।
शनिबार साँझ ५३० बजेतिर आफ्नै घरबाट उनी बेपता भएकी थिइन् । घर अगाडि खेलीरहेकी बालिका अचानक बेपता भएपछि बालिकाका हजुरबुबाले प्रहरीमा खबर गरेका थिए ।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दीलाई आइतबार बिहान ५ बजेतिर कलैया उपमहानगरपालिका २६ मा फेला पारेका हुन्।
आफ्नो घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ बालिका सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीका अनुसार उनलाई परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया