सुन तोलाको ३ लाख २० हजार नजिक


काठमाडौं, भदौ ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आव सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।