काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले बाराकी तीन वर्षीया नाबालिकाको हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएपछि आपत्ति जनाएकी छन्।
सोमबार सामाजिक सञ्जालमा एक स्टाटु लेख्दै उनले भिडियो कसरी सार्वजनिक भयो ? भन्दै छानविन गर्न माग गरेकी छन् ।
उनले यस्तो गम्भीर र क्रूर बयान सार्बजनिक गर्दा समाजमा कस्तो असर पर्छ भन्नेसमेत ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।
उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन् ।
बारामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न भएका भनिएकामध्ये एक किशोरको भिडियो सामाजिक सञ्जालमा आइतबारदेखि भाइरल भइरहेकाे छ ।




प्रतिक्रिया