गरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ


काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।

घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले बताए ।

हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा उनले प्रदीप खड्काको योजना र संलग्नतामा घट्ना भएको कयान दिएका थिए ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।