काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले सरकारले व्यावहारिक अवस्था नबुझी व्यवसायीमाथि एकतर्फी रूपमा धरौटी थोपरेको भन्दै असन्तुष्टि जनाएका छन्।
आइतबार इक्यानले मेरियट होटलमा आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सरकारको नियत र नीतिगत प्रक्रियामाथि गम्भीर प्रश्न उठाए।
‘विधेयक र नियमावली बनाउँदा हामी सरोकारवालालाई कतै पनि जोडिएन । नयाँ नियमावली आउँदा सुरुमा हामी खुसी थियौँ, तर त्यसभित्रका विभेदकारी प्रावधान देखेपछि हामी आक्रोशित बनेका हौँ। देशको धरातल र व्यवसायीको वास्तविक अवस्था नबुझी नियम कानुन ल्याइँदा आज यो स्थिति पैदा भएको हो,’ उनले भने ।
सरकारले वैदेशिक अध्ययनका लागि ‘एनओसी’ जारी गर्ने तर विदेशका विश्वविद्यालयमा पुगेपछि विद्यार्थीले भोग्ने समस्या र जिम्मेवारी भने लिन नचाहने परिपाटी गलत भएको उनले बताए ।




प्रतिक्रिया