उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखेको पत्र सभामुखलाई बुझाइयाे, अब के हाेला ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न लेखेको पत्र सभामुखलाई बुझाएका छन् । पार्टीको केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले लेखेको पत्र आज बागमती प्रदेशका सभामुखलाई संसदीय दलकी सचेतक कुमारी तामाङले बुझाएकी हुन् ।

पत्रमा थापाले पार्टीको विभिन्न मितिको निर्णय र निर्देशन उल्लंघन गरेर संविधानको धारा १६८(२) बमोजिम बन्ने मुख्यमन्त्रीका लागि दलका सांसदहरूको तर्फबाट समर्थन जनाएको उल्लेख छ । राप्रपाको नीति, निर्देशन र विधान विपरीत अनुशासनको गम्भीर उल्लंघन गरेको हुँदा निजलाई बाग्मती प्रदेशसभाको सदस्यबाट पदमुक्न गर्न माग गरिएको छ ।

गत भदौ ४ गते बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निलम्बन गर्ने तथा सांसदबाट हटाउन सिफारिस गर्ने निर्णय लिएको थियो ।