काठमाडौँ । सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
२०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय सोमबार सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको छ।




प्रतिक्रिया