बलात्कारसँग सम्बन्धित कानुन संशोधनको मस्यौदा संसद्मा ल्याउनुस् : ज्ञानेन्द्र शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बलात्कारपछि हत्या भएका घटनासँग सम्बन्धित प्रचलित कानुन संशोधनको मस्यौदा तयार गरी संसद्मा ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै नेउनले यस्तो बताएका हुन् ।

उनले भने ,‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानुन छ, यसलाई संशोधन गर्नुपर्ने देखियो । कानुनको ड्राफ्ट बनाएर ल्याउनुहोस्, हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसद्बाट पास गरौँ। यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस्।’