प्रधानमन्त्री मुस्ताङमा के चाख्न जानुभएको हो ? : हर्क साम्पाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताए । प्रधानमन्त्री एक्लै नभएर सरकारी गाडि लिएर गएको उनले बताए ।

‘उहाँ मन्त्रिपरिषद्, संसदलाई सूचना नदिइ जानुभएको ? के खान जानुभएको ? हावा थेन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले,‘ साम्पाङले थपे, ‘के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

त्यस्तै उनले बलात्कारको घटनाबारेमा बोल्दै कडा कानुन बनाउुपर्नेमा जोड दिए ।