काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आज देखि सुरु भएको छ । मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीको औपचारिक उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना गरिएको यस वर्षको नाडा अटो शोमा २०० भन्दा बढी स्टल राखिएका छन् । करिब तीन लाख वर्गफिट
क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन् ।
प्रदर्शनीमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा विभिन्न उत्पादन र सेवाहरू प्रदर्शन गरिएको छ । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका पछिल्ला प्रविधि र उत्पादनलाई मुख्य आकर्षणका रूपमा राखिएको आयोजकले जनाएको छ ।




प्रतिक्रिया