काठमाडौँ । राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवासम्बन्धी विधेयक सर्वम्मतिले स्वीकृत गरेको छ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई निर्णयार्थ स्तुस्त गर्दै दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्ताव प्रस्तुत गरेकी थिइन्।




प्रतिक्रिया