वीरगन्ज। बाराको सिमराबाट एक जना बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
आज खातुन बेपत्ता भएको निवेदन उनकी आमा गुलाप्सा खातुनले प्रहरीमा जानकारी गराएकी हुन्।
प्रहरीमा बालिका बेपत्ताबारे उजुरी परे लगत्तै खोजबिन सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।




प्रतिक्रिया