काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको विशेष पहलमा २७ वर्षदेखि ताला लागेको ऐतिहासिक वीरगञ्ज चिनी मिलको पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको हो । सोही क्रममा मन्त्रालयद्वारा गठित एक प्राविधिक कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गरेको छ ।

मंगलबार भएको निरीक्षणका क्रममा कार्यदलले कारखानाको वर्तमान भौतिक संरचना, पुराना मेसिनरी तथा उपकरणहरूको अवस्था र मर्मतसम्भार गरेर चलाउन सकिने सम्भावनाबारे विस्तृत प्राविधिक मूल्याङ्कन गरेको छ । सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित उक्त कार्यदललाई मिलको अवस्थाबारे गहन अध्ययन गरी आगामी १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्न समयसीमा दिइएको छ ।

कार्यदलको प्रतिवेदन आएपछि सरकारले मिल सञ्चालनको ठोस खाका र प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया