हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । उनले मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
उनले पेश गरेकाे विश्वासको मत सम्बन्धी प्रस्तावमा ५७ मत र विपक्षमा शुन्य मत खसेकाे थियाे ।
मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको मत प्राप्त गरेका हुन्।
प्रदेशसभाको बैठकमा प्रतिपक्षी दलका भने कुनै पनि सांसदको उपस्थिति थिएन ।




प्रतिक्रिया