रसुवामा बाढी: उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो टोली परिचालन

File Photo

काठमाडौं । आज बिहान रसुवामा आएको बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

१९ न. गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट, १७ नं। गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।