काठमाडौं । रसुवा–केरुङ सीमा क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।
राजदूत झाङले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत चीन र नेपाल दुवैतर्फ ठूलो क्षति तथा मानवीय हताहती भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति समवेदना प्रकट गरेका हुन्।‘ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, प्रभावितहरूका साथै नेपाल सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, राजदूत माओमिङले भनेका छन्, ‘यस कठिन घडीमा चीन नेपालको साथमा दृढताका साथ उभिएको छ।’
उनले कठिन समयमा चीन नेपालसँग दृढतापूर्वक उभिएको बताएका छन्। चिनियाँ पक्षमा समेत ठूलो क्षति भए पनि चीनले नेपालका लागि आपत्कालीन सामग्री र नगद सहायता उपलब्ध गराउन तत्काल समन्वय गरेको र आगामी दिनमा पनि थप सहयोगका लागि सक्दो प्रयास गर्ने राजदूत झाङले बताएका छन्।





प्रतिक्रिया