काठमाडौँ, भदौ ११ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले रसुवामा आएको बाढीबाट मृत्यु भएकाहरूको शव सुरक्षित राख्न त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा रहेका कोल्ड स्टोर उपलब्ध गराउन आग्रह गरेका छन् ।
मन्त्री पुनले बाढीबाट ठूलो मानवीय क्षति भएकाले विभिन्न स्थानमा संकलन गरिएका शवको सनाखत नहुँदासम्म सुरक्षित राख्न कोल्ड स्टोर आवश्यक रहेको बताउँदै कोल्ड स्टोरको भाडा र अन्य खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले त्रिशूली र नारायणी नदी वरपरका जिल्लामा रहेका प्रयोगमा नआएका वा आंशिक रूपमा प्रयोग भएका कोल्ड स्टोर सञ्चालकलाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया