काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले बाढी तथा पहिरोका कारण अवरुद्ध भएको सञ्चार सम्पर्क तत्काल पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राईले विपद्का कारण विभिन्न क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको भन्दै त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन्।
उनले प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा प्रभावित नागरिकसँगको समन्वयमा समेत समस्या उत्पन्न हुने भएकाले सञ्चार सम्पर्कलाई प्राथमिकताका साथ पुनःस्थापना गर्नुपर्नेमा जोड दिए।
रसुवाको भोटेकोसी क्षेत्रमा बुधबार आएको आकस्मिक बाढी तथा पहिरोले ठूलो भौतिक क्षति पुर्याउनुका साथै विभिन्न क्षेत्रमा सञ्चार तथा आवागमन प्रभावित भएको छ। विपद्पछिको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सेवा नियमित हुनु आवश्यक रहेको राईको भनाइ छ।




प्रतिक्रिया