भोटेकोशीमा बाढी : मृत्यु हुनेको सङ्ख्या १७७ पुग्याे


काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी( अबिनारायण काफ्लेले जानकारी दिए ।

अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ ।

चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए । उनका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ ।

बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको एसएसपी धमलाले जानकारी दिए ।