काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
बुधबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन्।
उनले बैठक बाढीजन्य विपद्पछिको खोज, उद्धार र राहतको विषयमा सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा नै केन्द्रित भएको बताए।
उनले भने, ‘अहिले विपद्को व्यवस्थापन, विपद्पछिको उद्धार, राहत र पुनर्निमाणको लागि ५० लाख रुपैयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ। विपद्को व्यवस्थापनको लागि पार्टी प्रतिबद्ध रहेको र तथा पार्टी र्यापिड एक्सन टिमलाई समेत प्रभावित जिल्लामा पीडितको खोज तथा उद्धार, राहत र पुनर्निमौणको लागि परिचालन गर्ने निर्णय गरेको छ।’




प्रतिक्रिया