टिमुरेबाट सिन्धुपाल्चोक बलेफि-६ का एकैघरका दाजुभाइ सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह


काठमाडौं । सिन्धुपाल्चोक बलेफि-६ का एकैघरका दुईजना दाजुभाइ रसुवाको टिमुरे क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीपछि दिपेश पराजुली र सरोज पराजुली परिवार तथा आफन्तको सम्पर्कमा नआएको बताइएको छ।

बाढी आएको समयमा पराजुलीका दाजुभाइ टिमुरे क्षेत्रमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको जानकारी उनका परिवारले रिपोर्टस नेपाललाई दिएको छ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा उनीहरुको अवस्था अझै अज्ञात रहेको हो ।

परिवारले पराजुली दाजुभाइको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल ९८४९१५८२४८ नम्बरमा सम्पर्क गरी परिवारसम्म सूचना पुर्‍याइदिन आग्रह गरेको छ।