ब्यारियर लेकको आपत्कालीन मूल्याङ्कन गर्न पुग्यो चिनियाँ टोली


काठमाडौं। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत ग्यिरोङ जिल्लामा बनेको ब्यारियर लेकको आपत्कालीन मूल्याङ्कन गर्न उद्धार सहयोग टोली र विपद् विशेषज्ञहरू घटनास्थल पुगेका छन्।

स्थानीय समयानुसार दिउँसो २ विशेषज्ञ टोली अवरोध तालको बाँधको विपरीत किनारमा पुगेको हो।

टोलीले अहिले घटनास्थलमै तालको अवस्था र सम्भावित जोखिमको निगरानी तथा मूल्याङ्कन गरिरहेको सीजीटीएनले जनाएको छ।

आपत्कालीन प्रतिकार्यका लागि वास्तविक समयको तथ्यांक संकलन गर्न ड्रोनबाट निगरानी तथा पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरिएको छ।