काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवाका लागि युरोपले २ मिलियन युरो तत्काल सहयाेग गर्ने भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै नेपाललाई तत्काल मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएकी हुन् ।
उनले शुक्रबार एक्समा लेखेकी छन्, “विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ। सबैभन्दा बढी प्रभावित परिवार र समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउन युरोपले नेपालका लागि €२ मिलियन तत्काल मानवीय सहायता प्रदान गर्दैछ। युरोप तपाईंहरूसँगै छ।”




प्रतिक्रिया