रसुवा बाढी : हालसम्म ६ सय ६९ जनाको शव फेला


काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १५:३० बजे सम्म ६ सय ६९ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्‍चिम ७५ जना गरी ६ सय ६९ जनाको शव फेला परेको हो । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।