तरुण दलको अध्यक्ष कोइरालाको उपस्थितिमा गल्छी गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण


धादिङ । नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको उपस्थितिमा धादिङको गल्छी गाउँपालिकाका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ।

तरुण दलको टोलीले गल्छी गाउँपालिकाको कार्यालय पुगेर गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई त्रिपाल तथा खाद्यान्नलगायत राहत सामग्री हस्तान्तरण गरेको हो।

राहत हस्तान्तरण कार्यक्रममा तरुण दलका विभिन्न नेता तथा गाउँपालिकाका कर्मचारीहरूको समेत उपस्थिति थियो।

सो क्रममा अध्यक्ष कोइरालाले बाढीपीडितका लागि आवश्यक थप सहयोग गर्न नेपाल तरुण दल तयार रहेको बताए।

उनले विपद्को समयमा उद्धार तथा राहत कार्यमा आवश्यकताअनुसार तरुण युवाहरूलाई परिचालन गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत जनाए।