भारतीय प्राविधिक टोलीद्वारा सुरुङको स्थलगत निरीक्षण


काठमाडौँ । भारतबाट आएको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ ।

सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन स्थलगत निरीक्षणबाट प्राप्त सुझावले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेष प्राविधिक टोली भारतबाट शनिबार विमानमार्फत नेपाल आएको थियो। टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत सामग्रीसमेत ल्याइएको थियो।

स्थलगत निरीक्षणपछि टोलीले दिएको सिफारिसका आधारमा आवश्यक उद्धार उपकरणसहितको विशेष उद्धार टोली आज नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।