भोटेकोशी बाढी : शनिबार सेनाले गर्‍यो ५५० जनाको उद्धार



काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट शनिबार नेपाली सेनाले ५५० जनाको उद्धार गरेको छ ।

स्वदेशी र विदेशी नागरिक गरी ५५० जनाको उद्धार गरेको हो ।  भाद्र १० गतेदेखि शनिबारसम्म २६५० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । सेनाले  आपत्कालीन स्वास्थ्य उपचार केन्द्रमा १४०० बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

नेपाली सेना विद्युत् आयोजनाका सुरुङ उत्खननमा पनि क्रियाशील छ । प्रभावित जिल्लामा उद्धार तथा राहतका लागि आठ हजार ३०० फौज खटिएको नेपाली सेनाले जनाएको छ ।