त्रिशुली ‘थ्री ए’ सुरुङको माथिल्लो भागमा पुग्यो उद्धार टोली



काठमाडौं । त्रिशुली ‘थ्री ए’ सुरुङमा फसेकालाई उद्धार गर्न गएको टोलीले  सुरुङको माथिल्लो भागमा पुगेको छ ।

त्यहाँबाट भित्र हावा पठाउने काम सुरु भएको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन् । उद्धार टोली आजै सुरुङभित्र पस्ने तयारीमा रहेको उनले बताएका छन् । ”हामीले सानो प्वालबाट हावा पठाउन सुरु गरेका छौँ । अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,” उनले भनेका छन् । 

नेपाली सुरक्षा संयन्त्रका साथै भारत तथा चीनबाट आएका सुरुङ उद्धार टोली त्यहाँ खटिएका छन् ।