कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौँ । धादिङको कृष्णभीरमा पहिरो खसेको छ । पहिरोपछि अहिले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए ।

लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।