रसुवाका बाढीपीडितका लागि तरुण दल अध्यक्ष कोइरालाद्वारा राहत सामग्री हस्तान्तरण


काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले रसुवाका बाढी प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेका छन्।


विपद्को कठिन घडीमा मानवीय सेवाप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै अध्यक्ष कोइरालाले रसुवामा बाढीबाट प्रभावित नागरिकलाई राहत सामग्री उपलब्ध गराएका हुन्।


रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तत्काल राहत, उद्धार तथा मानवीय सहयोगमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत तरुण दलले जनाएको छ।


तरुण दलले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक सहयोग र स्वयंसेवक परिचालनमा समेत सक्रिय रहने जनाएको छ।

यसअघि, तरुण दलले हिजाे धादीङकाे कही स्थानमा पनि बाढी प्रभावितहरुकाे लागि राहत सामाग्री हस्तान्तरण गरिएकाे थियाे ।