काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङ फेला परेको छ । बाढीपछि सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोली तीन दिनदेखि निरन्तर उद्धारमा खटेका थिए ।
उद्धारमा खटेको उक्त टोलीले आज ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए ।
यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी छ ।
यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।




प्रतिक्रिया