काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्कसले घोषणा गरेको एक करोड रुपैयाँ सहयोग आज(आइतबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।
विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले बाढीपहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा स्वास्थ्य सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।
कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका निम्ति राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्दै आउँदा दिनमा पनि राष्ट्र र नागरिकको हितमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया