चीनद्वारा नेपाललाई २२ लाख अमेरिकी डलर सहयोग


काठमाडौँ। गत बुधाबार आएको बाढीबाट प्रभावित नागरिकका लागि चीन सरकारले आपत्कालीन राहतस्वरूप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।

आइतबार चिनियाँ दूतावासले एक्स मार्फत दिएको जानकारीअनुसार नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

यसै अवसरमा चिनियाँ रेडक्रस सोसाइटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर सहयोग गरेको दूतावासकाले जानकारी दिएकाे छ। 

यससँगै बाढी तथा विपद्‌बाट प्रभावित नेपाली नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउन चीनबाट कुल २२ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएको छ।