भोटेकोसी बाढी : १९९ शव गाडियो



चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ । पहिचान भएका शब आफन्तलाई बुझाइएको छ । 

बाँकी शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो  ।

नदी तटमा फेला परेका २७२ शवमा ६२ महिला, ११० पुरुष, सात बालक, ६ बालिका र ८७ जना पहिचान खुल्न नसकेका (अन्य) छन् । 

यसमध्ये शनिबार ९६ र  आइतबार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् ।