काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ बी जलविद्युत् आयोजनाको निर्माणस्थलमा कार्यरत ३२ वर्षीय सिभिल इन्जिनियर हेमन्तराज जोशी सम्पर्कविहीन छन्।
बझाङको पयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका जोशी चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको सहायक कम्पनी चेस्कोमार्फत त्रिशूली–३ बी आयोजनास्थलमा कार्यरत थिए। बाढी आउनुअघि आयोजनास्थलमा कार्यरत ११ जनामध्ये जोशी पनि एक थिए।
भदौ १० गते आएको भीषण बाढीपछि जोशीसँग परिवार तथा आफन्तको सम्पर्क हुन सकेकाे छैन । उनी हालसम्म सम्पर्कमा नआएपछि परिवार र आफन्त चिन्तित बनेका छन्।
जोशीको अवस्थाबारे कुनै जानकारी भएमा ९८४१५६३९७६ नम्बरमा सम्पर्क गरी परिवारसम्म सूचना पुर्याइदिन अनुरोध गरिएको छ।





प्रतिक्रिया