‘अपर त्रिशूली–३ बी’ को क्याम्पमा ४३ जना सम्पर्कविहीन


काठमाडौं । भदौ १० गते आएको भीषण बाढीपछि रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा ४३ जना सम्पर्कविहीन भएका छन् ।

बाढीमा परी क्याम्प क्षेत्रको घर बगाएको नभई लेदोले पुरिएको र त्यसैभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू पुरिएको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।

सम्पर्कविहीन ४३ जनाको  तत्काल खोजी तथा उद्धार गर्न आधुनिक उपकरणसहित उत्खनन कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी

१. इन्दिबर घिमिरे – आयोजना प्रमुख, ६२ वर्ष
२. प्रकाशनिधि तिवारी – उपप्रबन्धक, ५३ वर्ष
३. राजेश शर्मा – सहायक प्रबन्धक, ३४ वर्ष
४. सोमनाथ पौडेल – इन्जिनियर, ३७ वर्ष
५. प्रमिला पाठक – इन्जिनियर, ३२ वर्ष
६. दिपेश श्रेष्ठ – इन्जिनियर, ३७ वर्ष
७. शंकर प्याकुरेल – वातावरणविद्, ३१ वर्ष
८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत, ४१ वर्ष
९. रमला गुरुङ – प्रशासन सहायक, ३२ वर्ष
१०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक, ४२ वर्ष
११. पुष्पराज भट्टराई – सहयोगी, ४२ वर्ष
१२. भगवानदिन चौधरी – सहयोगी, ३९ वर्ष
१३. जितबहादुर चौधरी – चालक, ३६ वर्ष
१४. रामकुमार थारु – चालक, ४६ वर्ष
१५. समुन्द्र आचार्य – चालक, २७ वर्ष
१६. रामशरण वाइबा – सहयोगी, ३७ वर्ष
१७. कृष्णकुमार खड्का – चालक, ४७ वर्ष
१८. विमला गुरुङ – कार्यालय सहायक, ३२ वर्ष
१९. शकुन्तला गुरुङ – कार्यालय सहायक, ४६ वर्ष
२०. चरीमाया गुरुङ – कार्यालय सहायक, ५० वर्ष
२१. प्रजिना तामाङ – कार्यालय सहायक, ३५ वर्ष
२२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड

कर्मचारीका परिवारका सदस्य
२३. आदित्य पौडेल शर्मा – ३.५ वर्ष
२४. आदिश्री पौडेल शर्मा – ३.५ वर्ष
२५. शिवांश पौडेल – २.५ वर्ष
२६. त्रिशा पौडेल – २.५ वर्ष
२७. कियान्शा अधिकारी – २ वर्ष
२८. गीता अधिकारी – ५० वर्ष
२९. तारा उपाध्याय – ३३ वर्ष

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी

३०. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता
३१. मनोज के.सी. – ठेक्का इन्जिनियर
३२. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद्
३३. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर
३४. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत
३५. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर
३६. प्रबिन अमात्य – सिभिल इन्जिनियर
३७. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर
३८. हेमन्तराज जोशी – सिभिल इन्जिनियर
३९. महेश नेपाली – चालक
४०. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली

काठमाडौँ विश्वविद्यालयका इन्टर्न विद्यार्थी

४१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २१ वर्ष
४२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २२ वर्ष
४३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २३ वर्ष