काठमाडौं । चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीनजनाको शव भेटिएको छ ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् । हिलो माटोले पुरिएको अवस्थामा शव फेला पारेको सेनाले जनाएको छ ।
यस्तै, अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको थियो । खोजीका क्रममा टनेलमा एउटा शव भेटिएको सेनाले जनाएको छ ।




प्रतिक्रिया