काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाल लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
प्राकृतिक विपत्तिबाट भएको क्षतिको तुलनामा सहयोग रकम सानो प्रयास भए पनि सामूहिक सहयोग र सहकार्यबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनामा योगदान पुग्ने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया