जुम्ला, १७ भदौ । रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले रु दुई लाख, छार्का ताङसोङ गाउँपालिकाले रु दुई लाख र शे–फोक्सुण्डो गाउँपालिकाले रु एक लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए ।
विपद्मा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यकासाथ उक्त रकम सहयोग गरिएको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए ।
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको छ ।




प्रतिक्रिया