बाढीले सम्पूर्ण नेपालीको छातीमा पीडा दियाे : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका हुन् ।

प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरैका आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लगेको भन्दै गहिरो दुःख व्यक्त गरे । ‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ उनले संसदमा भने,‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो ।’