दमौली (तनहुँ), १७ भदौ । भिमाद नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको कोषबाट पाँच लाख, जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट आठ लाख ८० हजार, शिक्षक र कर्मचारीको तलबबाट छ लाख तथा भ्रमण कार्यक्रमको बजेट बाट २० हजार सहयोग गर्ने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुवेदीले विपद्को घडीमा भिमाद नगरपालिका पीडितको साथमा रहेको बताए ।




प्रतिक्रिया