सिन्धुपाल्चोक, १७ भदौ । बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ ।
बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहात प्रदान गरिने भएको हो । बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन् । तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन् । नगरपालिकाले उक्त राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए ।
बाढीमा बेपत्ता भएपछि परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको बस्नेतले जानकारी दिए।




प्रतिक्रिया