हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग


हेटौँडा, १८ भदौ । मकवानपुरको हेटौँडाका पाँच शैक्षिक संस्थाले रु ३२ लाख पाँच हजार सहयोग गरेका छन् ।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टले २० लाख, नवोदय शिशु सदनले छ लाख ५० हजार, नारायणी कलेजले दुई लाख, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले दुई लाख र तुलसीमेहर मेमोरियल स्कुलले एक लाख ५५ हजार सहयोग गरेका हुन् ।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टका तर्फबाट १५ लाख र त्यहाँका प्राध्यापक तथा कर्मचारीका तर्फबाट पाँच लाख गरी २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । नवोदय शिशु सदनका तर्फबाट पाँच लाख तथा शिक्षक र कर्मचारीका तर्फबाट रु एक लाख ५० हजार गरी छ लाख ५० हजार उक्त कोषमा जम्मा गरिएको हो ।