रसुवा । यहीँ भदौ १० गते रसुवाको भोटेकोसीमा गएको विनाशकारी बाढीबाट धेरै धनजनको क्षति भएको छ । बाढी प्रभावित नागरिकहरुलाई विभिन्न संघसंस्था,व्यक्ति र तीनै तहको सरकारले उद्वार,राहत र पुनर्स्थापनामा जोड दिँदै सोही अनुसारको कार्य गरिरहेको छ ।
यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सामाजिक अभियन्ता नुर मोहम्मद मियाँको नेतृत्वले पनि रसुवामा राहत सामाग्री वितरण गरेको छ ।
भारतका व्यापारी काजी इक्वाल हुसेन, प्रसिद्ध हिन्दी चलचित्र निर्देशक विनय मुड्गल तथा पद्मश्री पुरस्कार प्राप्त समाजसेवी करिम दासहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो।
उक्त टोलीले रसुवाका ५०० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ। प्रत्येक परिवारका लागि तयार पारिएको राहत प्याकेजमा कम्बल, तौलिया, चिउरा, चना, चाउचाउ, बिस्कुट, सोयाबिन, बालबालिकाका झुल तथा ब्ल्याङ्केट, स्यानिटरी प्याड र लत्ताकपडा लगायतका सामग्री रहेका छन्।




प्रतिक्रिया