काठमाडौं, भदौ १९ । भोटेकोसी बाढीले विध्वंश बनाएको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरू जीवित रहेको संकेत देखिएको छ। उद्धार टोलीमा खटिएका सांसद श्रीराम न्यौपानेले सामाजिक सन्जाल फेसबुकमार्फत सुरुङभित्र फसेका व्यक्ति र उद्धार टोलीबीच दोहोरो संवाद भएको पुष्टि गरेका हुन्।
सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ। उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ‘नआत्तिनुस्, हामी उद्धार गर्दै छौं भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको बताइएको छ। यसले भित्र फसेका व्यक्ति जीवित र सचेत अवस्थामा रहेको पुष्टि हुन्छ।
सांसद न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङमा अहिले सावधानीपूर्वक उद्धार कार्यलाई अगाडि बढाइरहेको छ।
घटनास्थलमा थप प्राविधिक सहयोग र उद्धारका उपकरणहरू परिचालन गरिएको छ। सुरुङको जटिल बनाबट भए पनि सुरक्षाकर्मीले फसेका व्यक्तिलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्।




प्रतिक्रिया