काठमाडौं, भदौ १९ । भोटेकोशी नदीमा बाढी गएको नौ दिनपछि त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुईजनालाई उद्धार टोलीले सकुशल उद्धार गरेको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले भर्खरै मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जन सकुशल उद्धार गरेको हो । दुवै जनालाई हेलिकप्टर मार्फत उपचारात्मक काठमाडौं ल्याइदैछ।




प्रतिक्रिया