काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताएका छन् ।
भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १० औँ दिनमा जीवित उद्धार गरेका हुन् । उद्धारपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखका छन्, ‘दुई जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ ।’
उनले निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धार कार्यमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले उद्धार कार्यमा निरन्तर प्रयास गरिरहेका माननीय सागर ढकाल र श्रीराम न्यौपानेको समेत उच्च कदर गरेका छन्।
उनका अनुसार उद्धार टोलीहरू अझै पनि सबै सुरुङमा निरन्तर रूपमा खटिरहेका छन्।




प्रतिक्रिया