राहत लिएर रसुवामा पुगे ऋषि धमलासहितको समाजसेवी समुह


रसुवा । बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासहित समाजसेवी समुह रसुवा पुगेका छन् ।

बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्दै टिमुरे, स्याफ्रुबेसी, धुन्चे तथा विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकलाई राहत सामग्री लिएर उक्त समुह रसुवा पुगेको हो ।

बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, ओढ्ने–ओछ्याउनेलगायतका सामग्री टोलीले लिएर पुगेको धमलाले जानकारी दिएको छ ।

धमलाको समूहले यसअघि पनि धादिङ र नुवाकोटका विभिन्न स्थानमा पुगेर राहत सामाग्री वितरण गरिएको थियो ।

धमलाले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन्।